राजनीतिले गिजोलेको बूढीगण्डकी

राजनीतिले गिजोलेको बूढीगण्डकी
सुन्नुहोस्

४५ वर्षअघि परिकल्पना गरिएको बूढीगण्डकी जलविद्युत् आयोजना साकार हुनु त परै सुरुसमेत भएको छैन । कहिले स्वदेशी लगानीमै बनाउने र कहिले विदेशीलाई दिने भन्ने पटक–पटकका दोधारे निर्णयले यो आयोजना गिजोलिएको छ । कुनै सरकार आउँदा चीनलाई दिने निर्णय गर्छ, र कुनै आउँदा त्यस्तो निर्णय उल्ट्याउँछ । फेरि अर्काेचाहिँ स्वदेशी लगानीमै बनाउने भन्छ । यस्तै राजनीतिक दाउपेचको जातोमा परेको छ बूढीगण्डकी । देशकै सबैभन्दा बढी क्षमताको हुने आयोजनाले देशमा ऊर्जाको आपूर्तिमा ठूलो योगदान त गथ्र्याे नै अर्थतन्त्रमा पनि टेवा दिन्थ्यो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत गठित समितिले सरकारको ५१ प्रतिशत लगानी रहने गरी आयोजना निर्माणको ढाँचा प्रस्ताव गरेको छ । ३ खर्ब १० अर्ब रुपैयाँ लागत अनुमान समितिले गरेको छ । त्यतिका पैसा जुटाउने तरिकामा पनि समितिको सिफारिसमा छन् । ४३ अर्ब रुपैयाँ त अहिलेसम्म यो आयोजनाको अध्ययन र मुआब्जा वितरणमै खर्च भइसकेको छ । त्यति पैसाले अरू आयोजना पनि बनिसक्थे । तर, १२ सय मेगावाट क्षमताको बूढीगण्डकीको चाहिँ काम अघि बढ्नै सकेन । २०७३ सालदेखि पेट्रोलमा प्रतिलिटर ५ र पछि १० रुपैयाँ कर बूढीगण्डकी जलविद्युत् आयोजनाकै संकलन गर्न पनि थालिएको थियो । त्यही पैसाबाट मुआब्जा वितरण लगायत काम भएको हो कि हैन वा कहाँ कसरी खर्च भयो भन्ने यकिन छैन । 

बूढीगण्डकीका लागि नयाँ ढाँचा जुन प्रस्ताव भएको छ, त्यसअनुसार स्वदेशी लगानीसहितमा बनाउन असम्भव हुँदैन । सरकारी विभिन्न निकाय र स्वयं विद्युत् प्राधिकरण र सर्वसाधारणको पनि सेयर लगानी यो आयोजनामा जुट्न सक्छ । तर, सबैभन्दा पहिला सरकार नै प्रष्ट भएर आयोजना अघि बढाउनुपर्छ । जलस्रोत होस् वा जुनसुकै प्राकृतिक स्रोतमा विदेशी लगानी भिœयाउनै हुँदैन भन्ने होइन । तर, सकेसम्म सरकारी र स्वदेशी लगानी गर्न सके धेरैभन्दा धेरै फाइदा स्वदेशले नै पाउँछ । बूढीगण्डकीका हकमा पनि सोही अनुसार आयोजनालाई स्वदेशी लगानीमै अगाडि बढाउनु मनासिब हुन्छ । साढे ४ सय मेगावाटको तामाकोसी जलविद्युत परियोजना स्वदेशी लगानीमै बन्यो भने त्यसभन्दा ठूलो आयोजनाका लागि पनि सरकार सक्षम छैन भन्न मिल्दैन । स्वदेशी लगानीकर्ता पनि सक्षम छन् । बस यस्ता ठूला आयोजनालाई राजनीतिले गिजोल्न हुँदैन । 

फेरि पनि नगिजोलियोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.