कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सुन्नुहोस्

उदयपुर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। नेकपा एमाले उदयपुरका नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न सदरमुकाम गाईघाट आइपुगेको पोखरेलले मंगलबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा संवैधानिक जटिलतालाई चिर्दै एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका हुन्।

उनले नयाँ समीकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताए। पुर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको स्पष्ट पारे। 

उनले भने, ‘एमालेको लक्ष्य मिसन २०८४ मा बहुमतको सरकार बनाएर पूरा गर्ने हो त्यसका लागि नयाँ समीकरण बनाउन हामीले ठानेउ।’ नयाँ गठबन्धन मुलुकको समृद्धिका लागि सकारात्मक सन्देश रहेको बताए। 

पोखरेलले नयाँ समिकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दापनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको धारणा राखे। 

पोखरेलले तत्कालको परिस्थितिमा वाम गठबन्धन र समाजवादी मोर्चामा सहभागी हुने एमालेको कुनै ठोस योजना र कल्पना नरहेको बताए। उनले भने, ‘अघिल्लो गठबन्धन एमाले सिध्याउने खेलमा रहेकाले त्यसलाई जसरी पनि तोड्नु पर्छ भन्ने हाम्रो मत थियो जुन पूरा भयो। ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.