रेसुंगामा  ५०५ जना भूमिहीनले पाए निस्सा

उपनिर्वाचन

रेसुंगामा  ५०५ जना भूमिहीनले पाए निस्सा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गुल्मी :  वषौंदेखि लालपूर्जा नभएका नागरिकको लागि गुल्मीको रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गर्न सुरु गरेको छ । नगरभित्र रहेका भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य सहित निस्सा वितरण सुरु गरिएको हो । लालपुर्जा वितरणका लागि नगरपालिका भित्रका भूमि दलित ४८ जना, भूमि सुकुमबासी ४४ र अव्यवस्थित बसोबासी तीन सय १३ जना गरी ५०५ जनालाई निस्सा वितरण गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

लालपुर्जाको आशमा लाभग्राही

रेसुङ्गा नगरपालिकाले निस्सा वितरण गरेसंगै लालपुर्जा पाउने आशमा लाभग्राही उत्साहित बनेका छन् । नगरपालिकाले झण्डै पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ । वषौंदेखि लालपुर्जा नभएकाहरूको सपना नगरपालिकाले पुरा गरिदिने भएपछि उनीहरू थप उत्साहित भएका छन् । निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढ्ने नगरप्रमुख खिलध्वज पन्थीले बताए । 

“लामो समयसम्म सुकुम्वासीको रुपमा बस्दै आएका नागरिकले निस्सा प्राप्त गरेसँगै लालपुर्जा पाउने बाटो खुलेको छ,‘नगरप्रमुख पन्थीले भने,‘संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम भूमिहीन दलित र सुकु मबासीलाई लालपुर्जा वितरणका लागि नगर अगाडि बढेको छ ।'

जिल्लाका १२ स्थानीय तहमा दुई हजार पाँच सय ९९ लाभग्राही भएको तथ्यांक रहेको छ । भूमिहीन दलित तीन सय आठ, भूमिहीन सुकुम्वासी दुई सय ६१ र अव्यवस्थित बसोबासी दुई हजार ३० गरी कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.