जग्गा प्राप्तिका लागि नौ हजार बढीको निवेदन
नुवाकोट : नुवाकोटमा जग्गा प्राप्तिका लागि नौ हजारभन्दा बढीले निवेदन दिएका छन्।
आवेदनमध्ये आठ हजार ६८५ जनाको अव्यवस्थित बसोबासीका सम्बन्धमा र सात सय १० जनाले भूमिहीन, दलित, सुकुम्वासीतर्फ आवेदन दर्ता गरेका आयोगका जिल्ला अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए।
जिल्लाको १२ वटा स्थानीय तहमध्ये पञ्चकन्या गाउँपालिकाबाट निवेदन नआएको उनले बताए। आवेदनमाथि छानबिन भइरहेको छ।
भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने सरकारको कार्यलाई भूमि आयोग जिल्ला समिति क्रियाशील रहेको समितिका सदस्य राजाराम थपलियाले बताए।