कोशीमा वेपत्ता बालबालिका भेटिएनन्, गोताखोरको टोलीले खोज्दै

कोशीमा वेपत्ता बालबालिका भेटिएनन्, गोताखोरको टोलीले खोज्दै
तस्बिर : अन्नपूर्ण

उदयपुर : सुनकोशी नदीमा वेपत्ता भएका तीन बालबालिका २४ घण्टा वित्दासमेत फेला पर्न सकेका छैनन् । आइतबार दिउँसो होली खेलेर नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी राखे पनि अझै फेला पर्न सकेका छैनन् । 

आइतबार राति अवेरसम्म खोजी गर्दा नभेटिएपछि सोमबार बिहानदेखि गोताखोर टोली परिचालन गरिएको छ । उदयपुर र खोटाङबीचको धाब्लाङस्थित सुनकोसी नदीमा नुहाउन गएका त्रियुगा नगरपालिका १४ साउनेकी १२ वर्षीया रेखा मगर,१२ वर्षीय लोकबहादुर मगर र ९ वर्षीय रिदम मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । 

null

उनीहरू होली खेलिसकेपछि घरदेखि ६ किलोमिटर तल धाब्लाङस्थित कोसीमा नुहाउन पुगेका थिए । आठजनाको समूहमा रहेका उनीहरुमध्यु पाँचजनालाई स्थानीयले तत्काल उद्धार गरेका थिए । 
वेपत्ता भएलगत्तै स्थानीयवासी,प्रहरी र सशस्त्र प्रहरी बल ५ नं.हेडक्वाटर त्रियुगाको टोलीले खोजीकार्य जारी राखेपनि अझैसम्म फेला पर्न सकेको छैन् । घट्नास्थलभन्दा १ किलोमिटर तलसम्म खोज्दा नभेटेपछि सोमबार तालिम प्राप्त गोताखोरले खोजीकार्य सुरु गरिएको वडाध्यक्ष हिमराज मगरले बताए ।

एकै गाउँका तीन बालबालिका वेपत्ता भएसँगै सिङ्गो साउने बजार स्तब्ध भएको छ । वेपत्ताको खोजीकार्यमा पुरै गाउँ नै परिचालन भएको उनले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार अघिल्लो दिन छिट्टै रात परेकाले सोमबार विहानैदेखि खोजी गर्न थालिएको छ । 

केही दिनअघि सुरू भएको वर्षा आइतबार बिहानसम्म निरन्तर भइरहेकाले नदीमा पानीको सतह बढेकाले खोजी कार्यमा तालिम प्राप्त जनशक्ति खटाइएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.