बिनाअनुमतिका पसल सञ्चालनमा

बिनाअनुमतिका पसल सञ्चालनमा
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको खरानीटारमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा अनुमति नलिई सञ्चालन गर्नेलाई जरिवान र अखाद्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको छ। 

उद्योग तथा वाणिज्य कार्यालय र जिल्ला प्रशासन कार्यालय नुवाकोटले संयुक्त रूपमा बजार अनुगमन गरेको हो। गंगटे–दुप्चेश्वर सडकमार्गमा सञ्चालित ९ पसलमा अनुगमन गरिएको हो। त्यसमध्ये एउटा पसललाई जरिवाना गरिएको छ। अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत रहेको पाइएको प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।  सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको नेतृत्वमा अनुगमन टोलीले गएको थियो। वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाका अनुसार अनुगमनका क्रममा दर्ता नै नगरी पसल सञ्चालन गरिएको समेत पाइएको छ। 

हाम्रो तादी डेरी एन्ड बेकरी कफी शप दर्ता नै नगरी सञ्चालन गरिएको र अखाद्य पेय पदार्थहरू फेला परेपछि नष्ट गरिनुका साथै ५ हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख सापकोटाले बताए। टोलीले ५ पसलबाट १४ हजार ५ सय ८५ रुपैयाँ बराबरको म्याद गुज्रेका अखाद्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरेको थियो। अनुगमन टोलीले मसला, चकलेट, चिजबल, चिप्स, नमकिम, वियर र अन्य पेय पदार्थ म्याद गुज्रिनुका साथै अखाद्य रहेको पाइएपछि नियन्त्रणमा लिएर नष्ट गरेको हो।

अधिकांश पसलहरू मापदण्डअनुसार सञ्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको सहायक प्रजिअ तुलसीराम पौडेलले बताए।  मूल्यसूची, खरिद तथा बिक्री विल, साइनबोर्डलगायत मापदण्डको पालना गर्न सचेत गराइएको छ। जनगुनासो धेरै आएपछि सडकमार्गमा रहेका किराना पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, पसलको सरसफाइमा ध्यान दिन र सुरक्षित रूपमाा सामग्री राख्न सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.