दाङमा बसको ठक्करबाट दुईजनाको मृत्युपछि हुलाकी राजमार्ग ठप्प
![दाङमा बसको ठक्करबाट दुईजनाको मृत्युपछि हुलाकी राजमार्ग ठप्प](https://annapurnapost.prixacdn.net/media/albums/dang--_kv9dKIGEDG_rVHaSftA4y.jpg)
काठमाडौं : दाङको राजपुरमा बसको ठक्कर बाट दुईजनाको मृत्यु भएपछि हुलाकी राजमार्ग ठप्प पारिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै जँग्रहवा -जहरे,जँग्रहवा गढवा, जँग्रहवा-गँग्दी रुटमा चल्ने सवारी साधान ठप्प भएका छन् ।
शनिबार बेलुका पूर्वदेखि पश्चिम जाँदै गरेको रा १ ख २३६० नम्बरको बसले राजपुर-५, नौंसहरामा पश्चिमदेखि पूर्वतर्फ आइरहेको रा ७ प २०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेहरू मोटरसाइकल सवार राजपुर-५,नौंसहरा निवासी अन्दाजी २४ वर्षीय प्रमोद यादव र सोही ठाउँ निवासी प्रदिप यादव रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए । प्रमोदको घटनास्थलमै र प्रदिपको उपचारका क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)