दिलिप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्दै राजमार्गमा चक्काजाम

दिलिप महतोलाई पर्यावरण सहिद घोषणाको माग गर्दै राजमार्गमा चक्काजाम
सुन्नुहोस्

ढल्केवर(धनुषा) : क्रसर माफियाबाट मारिएका पर्यावरण अभियन्ता दिलिप भनिने ओमप्रकाश महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरिएको छ। शनिबार धनुषाको ढल्केवरमा पीडित परिवार र सामाजिक अभियन्ताहरूले राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।

null

दिलिपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका उनीहरूले करिब आधा घण्टा पूर्वपश्चिम लोकमार्ग पूर्ण रुपले अवरुद्ध पारेका थिए। दिलिप महतोलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै उनको परिवार केही दिनअघि मात्रै काठमाडौं पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले ज्ञापनपत्र बुझाउँदै सहिद घोषणाको मागसँगै पुनः अनुसन्धानको पनि माग राखेका छन्।

null

दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्न र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संसदमा समेत आवाज उठाएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवले पनि दिलिपलाई पर्यावरण सहिद घोषणा गर्न सरकारसँग माग आग्रह गर्दै आएका छन्।

२०७६ पुस २५ को झिसमिसे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपलाई क्रसर डनले क्रुर हत्या गरेका थिए। क्रसर डनले दिलिपलाई कोखमा‘लिभर’प्रहार गरी सख्त घाइते बनाएर टिपरले किचेर हत्या गरेका थिए। चुरे दोहन रोक्नुपर्ने, अवैध उत्खनन् र क्रसर उद्योग बन्द गर्नुपर्ने उनको चोटिलो आवाज खोला तस्करको तारोमा परेर दिलिपको हत्या गरिएको थियो। 

null

त्यसयता दिलिपका परिवार र चुरे अभियन्ताहरू दोषीलाई कडा सजाय र दिलिपलाई पर्यावरण सहिद घोषणाको माग गर्दै गाउँदेखि राजधानीसम्म संघर्ष गरिरहेका छन्।

null

दिलिप हत्या मुद्दामा धनुषा जिल्ला अदालतले तीनजनालाई दोषी ठहर गरिसकेको छ। जिल्ला अदालतले गत फागुन १२ गते मुख्य योजनाकार चुरियाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो। जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले गरेको उक्त फैसलालाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलाशले जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.