रुसमा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीको आक्रमण : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

रुसमा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीको आक्रमण : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सुन्नुहोस्

मस्को : रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ।

आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि परेका छन् ।

रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन् । उक्त आक्रमणको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ।

मध्यरातमा, रुसी राष्ट्रपति कार्यालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमला र सुरक्षा एजेन्सीहरूले चालेका कदमहरूको बारेमा निरन्तर जानकारी दिइरहेको बताएको छ।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले यस विषयमा सम्बन्धित सबै विभागलाई आदेश दिएको बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त हमलाबारे प्रत्यक्ष सम्बोधन गरिसकेका छैनन् तर सरकारी सञ्चारमाध्यमहरूले उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.