अमेरिकी सुरक्षा परिषदको गाजा ‘युद्धविराम’ प्रस्तावमा रुस र चीनको भिटो

अमेरिकी सुरक्षा परिषदको गाजा ‘युद्धविराम’ प्रस्तावमा रुस र चीनको भिटो
फाइल तस्बिर।
सुन्नुहोस्

गाजा युद्धविराममा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकी नेतृत्वको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ । 

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अगाडि बढाएको थियो । 

उक्त प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले पनि प्रस्तावको विपक्षमा मतदान गर्यो । गुयना अनुपस्थित भयो । स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । 

राष्ट्रसङ्घका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजराइलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरिरहेको भन्दै गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेकामा वासिङ्टनको उपहास गरे।

'हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमाशा हेरेका छौँ', उनले भने, 'अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतिकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदाताहरूसँग खेल्नु र गाजामा युद्धविरामको कुनै पनि प्रकारले उल्लेख गरेर उनीहरूलाई चिन्तित बनाउनु हो, यो प्रस्तावले इजराइलको दण्डहीनता सुनिश्चित गर्नेछ र यसका अपराधहरूलाई मस्यौदामा मूल्याङ्कनसमेत गरिएको छैन ।'

उक्त मस्यौदा प्रस्तावले हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहाई गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग युद्धविरामलाई जोडेको छ । 

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनियाँ भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’ समेत भने। 'रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए', उनले भने, 'इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिकरूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.