धनुषामा एक युवकको शंकास्पद मृत्यु

धनुषामा एक युवकको शंकास्पद मृत्यु
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा एक युवकको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–९ का अन्दाजी २५ वर्षीय आनन्द विक रहेको प्रहरीले जनाएको छ।

बुधबार राति करिब ९ बजेको समयमा धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा प्रदेश २–००६ प ६०८४ नम्बरको मोटरसाइकल लडेको र विक रगतले लत्पतिएको अवस्थामा मृत भेटिएका थिए। इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी टोली घटनास्थलको मुचुल्का गरेर विकको शव प्लाष्टिकमा हालेर लगेको त्यहाँका प्रत्यक्षदर्शीले बताएका छन्।

यद्यपि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले विक मोटरसाइकल दुर्घटनामा घाइते भएको र उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको भनेर बताएका समाचार सञ्चारमाध्यममा आएपछि स्थानीयहरूमा विभिन्न शंका उपशंकाहरु उब्जिएको छ। ‘प्रहरीले शंकास्पद घटनालाई गम्भीर रुपमा लिनुपर्नेमा मोटरसाइकल दुर्घटना भनेर हल्का रुपमा लिएको छ। दुर्घटना भन्छ। त्यसमाथि घाइते भनेको छ। उपचारको क्रममा मृत्यु भयो भनेर प्रहरीले स्टेटमेन्ट दिनु गैरजिम्मेवारी हो,’ ढल्केवरका एक स्थानीयले भन्छन् ‘घटनास्थलबाट गरिएको फेसबुक लाइभ भिडियोमा पनि घटनास्थलमै मृत्यु भइसकेको स्पष्ट देखिन्छ। घाइते नै भएको भए उनलाई पहिला प्रहरीले हस्पिटल लग्नुपर्थ्यो नि। मुचुल्का गरेर अनि प्लाष्टिकमा बोकेर त्यहाँबाट लगेको छ। उपचारको क्रममा मृत्यु भयो भनेर प्रहरीको दिएको बयान पनि शंकास्पद छ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जन अवाले पनि घाइते भनिएको विकलाई प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको अन्नपूर्णलाई बताए। राजमार्गको हिसाबले दुर्घटनाको अनुमान लगाएपनि मृतकको शरीरमा देखिएको चोटपटक र घाउको निशानले हत्या भएको हुनसक्नेतर्फ पनि प्रहरीको आशंका रहेको उनले बताए। 

घटनास्थलसमेत पुगेका अर्का स्थानीय भन्छन् ‘मोटरसाइकल दुर्घटना नै भएको भए मृतकको शरीरमा थुप्रै चोटपटक हुन्थ्यो। त्यस्तो केही देखिएन। एउटा हातमा हिलो लागेको र घाँटी रेटिएको जस्तो देखिएको थियो। यो घटनालाई प्रहरीले हल्का रुपमा लिनुहुँदैन। गम्भीर अनुसन्धान हुनुपर्छ।’

प्रहरी नायव उपरीक्षक अवा उक्त घटना हत्या वा दुर्घटना हो भन्ने एकिन भइनसकेको बताउँछन्। ‘हत्या हो कि दुर्घटना हो भन्नेमा हामी कन्फर्म भइसकेका छैनौं। हामीले दुर्घटना मात्रै होइन हत्या भएको पनि हुनसक्छ भनेर सुक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान थालेका छौं। अहिले नै ठ्याक्कै यस्तै भएको भनेर बताउन सक्ने स्थिति छैन। पोस्टमार्टम रिपोर्टले थप कुराहरू खुल्छ,’ प्रहरी नायव उपरीक्षक अवाले अन्नपूर्णसँग भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.