खोला उत्खनन गर्न पाउनु पर्ने माग गर्दै नगरपालिका घेराउ

खोला उत्खनन गर्न पाउनु पर्ने माग गर्दै नगरपालिका घेराउ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले खोला उत्खननमा रोक लगाएपछि गिट्टी बालुवा उत्खनन गर्ने ट्याक्टर व्यवसायीहरु आन्दोलित बनेका छन्। आइतबार उनीहरु खोला उत्खनन् गर्न पाउनु पर्ने माग गर्दै नगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

ट्याक्टरहरु लिएरै नगरपालिका पुगेका उनीहरुले खोला उत्खनन गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्। ठेक्का नै नलाएको खोलामा निर्वाध रुपमा अनियन्त्रित उत्खनन् भएपछि नगरपालिकाले क्रसर उद्योगहरु बन्द गराउँदै उत्खननमा पूर्ण रोक लगाएपछि गिट्टी बालुवा उत्खनन गर्ने ट्याक्टर व्यवसायी र मजदुरहरु आक्रोशित बनेका छन्। 

nullनगरपालिकाले विभिन्न बहानामा  औरही खोलामा उत्खनन गर्न नदिएपछि आफूहरु नगरपालिका घेराउ गर्न आएको आन्दोलनमा सहभागी एक ट्याक्टर व्यवसायीले बताए। ‘खोला खन्दा पनि त्यति सहज कहाँ छ र ? पैसा नखर्चिदासम्म प्रहरी प्रशासनले यतिकै खन्न दिँदैनन्,’ ती व्यवसायीले भने।

आन्दोलनमा उत्रिएका उत्खनन व्यवसायीहरुसँग नगरपालिकाले छलफल गरेको छ। उनीहरुसँग नगरप्रमुख महेन्द्र महतोको उपस्थितीमा वार्ता भएको मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङदनले जानकारी दिए। ‘प्रदर्शनमा सहभागीहरुको मेयरसाबसँग वार्ता भएको छ। कार्यपालिका बैठक अघि यस विषयमा केही भन्न नसकिने मेयरसाबले जवाफ दिनुभएको छ। त्यसमा उहाँहरु पनि सकारात्मक भएर फर्किनुभयो,’ नगरपालिका स्रोतले भन्यो।

 null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.