लालपूर्जासहितको पक्की घर पाउने भएपछि भूमिहीनहरू हर्षित

लालपूर्जासहितको पक्की घर पाउने भएपछि भूमिहीनहरू हर्षित
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले विकास साझेदार संस्थाको सहयोगमा ३६ भूमिहीन घर परिवारलाई लालपूर्जासहित घर उपहार दिने भएको छ। 

नगरपालिकाले वडा नम्बर ७ सन्तनगरस्थित चारनाथ खोलाको नदी उकास जग्गामा ह्याविट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाको सुरक्षित आवास कार्यक्रम अन्तर्गतको सहयोगमा भूमिहीन तथा असुरक्षित र अव्यवस्थित बसोवासीका लागि घर निर्माण गरिदिने भएको हो।

प्रत्येक घरधुरीलाई १० धुर जग्गामा निर्माण हुने ३६ वटा पक्की घरको शनिवार एकसाथ शिलान्यास गरिएको छ। प्रदेशसभा सदस्य सन्जय कुमार महतो, गाणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डेले संयुक्त रुपमा घरको शिलान्यास गरेका हुन्।

१ करोड ९८ लाख रुपैयाँको लागतमा ३६ वटा घर निर्माण हुने सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहले जानकारी दिए। उनका अनुसार एउटा घर निर्माणमा ५ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ। उनले भूमिहीन र अव्यवस्थित बसोबासीहरूका लागि जग्गाधनी प्रमाणपूर्जा सहितको सुरक्षित आवास निर्माण गर्न लागिएको बताए।

अध्यक्ष साहका अनुसार एकै मोडलमा बन्ने प्रत्येक घरमा दुई वटा कोठा, एउटा भान्छा र शौचालय हुनेछ। प्रत्येक घरका लागि छुट्टाछुट्टै चापाकलको व्यवस्था गरिने उनले बताए। घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन रोजगार, बस्तीका बालबालिकाको पहुँचमा शिक्षा, स्वास्थ्य लगायतका विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने उनको भनाइ छ।

गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जितनारायण यादवले सन्तनगरका भूमिहीन सुकुम्बासीलाई छिट्टै लालपूर्जा सहितको सुविधायुक्त सुरक्षित आवास उपहारमा दिन लागेको बताए। उनले यो परियोजनाको लागि यसवर्ष नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको जनाए। अगामी आर्थिक वर्ष ७४ लाख रुपैया दिने सम्झौता रहेको नगरप्रमुख यादवले बताए।

६० लाख ह्याविट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्रले खर्चिने तथा बाँकी श्रमदानबाट जोहो गर्ने गरी स्रोत सुनिश्चित गरिएको सामुदायिक सुधार केन्द्रका अध्यक्ष साहले बताए। सन्तनगर बस्तीमा पासमान, महरा, खत्वे, दनुवार गरी ३६ घरधुरी वर्षौदेखि अव्यवस्थित रुपमा बसोबास गर्दै आएका छन्। उपहारमा लालपूर्जा सहितको घर पाउने भएपछि उनीहरूमा खुशीयाली छाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.