मधेसवादबाट थाकेपछि अभियान सुरु गरेको हुँ : राजेन्द्र महतो

मधेसवादबाट थाकेपछि अभियान सुरु गरेको हुँ : राजेन्द्र महतो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी: नेता राजेन्द्र महतोले आफू मधेसवादबाट थाकेपछि नयाँ अभियान सुरु गरेको बताएका छन् । लोसपा पार्टी त्यागेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ सञ्चालन गरेका नेता महतोले अभियानमार्फत् नयाँ शक्ति निर्माण गर्ने बताए । 

भियानबारे जानकारी दिन जिल्ला दौडाहामा निस्केका महतोले शुक्रबार नवलपरासीको सदरमुकाम परासीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।  आफू मधेस केन्द्रित भएर आन्दोलन गरेपनि मधेसवादले मात्र केही नहुने भएकाले अभियान सुरु गरेको उनको भनाइ छ । 

'३४ वर्षदेखि मधेसवाद,मधेसवाद भन्दै लडेर थाके, यसले केही हुनेवाला नदेखेपछि उत्पिडन र अधिकारबाट बञ्चित भएकाहरूलाई गोलबद्ध गर्दै उनीहरुको अधिकार स्थापनाका लागि नयाँ अभियानमा सुरु गरेको हुँ ,'महतोले भने।

तत्कालका लागि अभियानलाई पार्टीमा रुपान्तरण नगर्ने उनले स्पष्ट पारे । ‘यो वैचारिक अभियान हो । पहिला अभियान त्यसपछि संघर्ष र विद्रोह हुन्छ र त्यही विद्रोहले पार्टी निर्माण गर्छ, त्यसका लागि केही समय लाग्छ ,'उनले भने।

क्रान्तिबाट जन्मने भएकाले आफ्नो पार्टी एकल नहुने उको भनाइ छ । ‘देशका तीन ठूला पार्टीले ९० प्रतिशत एकल होल्ड गरेका छन् । त्यसले उत्पिडन र पछाडि परेका जातजातीको अधिकार स्थापना गरेन । त्यसैले हामीले बहुल पार्टी निर्माणका लागि अभियान थालेका हौं ,’उनले भने  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.