प्रतिनिधिसभा बैठक सुरू, निजामति सेवा विधेयक पेश हुँदै
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा सरकारले संघीय निजामती सेवा विधेयक,२०८० प्रस्तुत गर्ने भएको छ।
सांसद प्रेम सुवालले सो विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक,२०८० प्रस्तुत गर्नेछन्।
मन्त्री जोशीले 'निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन' विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)