फिदिमले पचायो राष्ट्रपति रनिङ शिल्ड, तुम्बेवा स्वर्ण पदकविहीन

फिदिमले पचायो राष्ट्रपति रनिङ शिल्ड, तुम्बेवा स्वर्ण पदकविहीन
सुन्नुहोस्

फिदिम : फिदिम नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पचाएको छ। पाँचथर सदरमुकाम फिदिममा सम्पन्न १४औँ संस्करणको प्रतियोगितामा प्रथम बनेसँगै फिदिमले शिल्ड कब्जा गरेको हो। 

१२औँ र १३औँ संस्करमा पनि फिदिमले प्रथम स्थान बनाएको थियो। निरन्तर तीन संस्करणमा बिजेता बनेसँगै शिल्ड कब्जा गर्न पाउने प्रावधान छ। १४औँ संस्करणमा फिदिमले २६ स्वर्ण, १९ रजत र ८ कास्य पदकसहित प्रथम बनेको हो । २० स्वर्ण, १६ रजत र ११ कास्यपदक जितेको याङवरक गाँउपालिका दोस्रो भएको छ। 

फालेलुङ गाँउपालिकाले ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेर तेस्रो स्थान बनाएको छ। ६ स्वर्ण, १० रजत र ११ कास्य पदकसहित मिक्लाजुङ गाँउपालिका चौँथो बनेको छ। फाल्गुनन्द गाँउपालिकाले ३ स्वर्ण, ४ रजत र ९ कास्य जित्यो भने हिलिहाङ गाँउपालिकाले २ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ। त्यस्तै २ स्वर्ण र ३ रजतपदक जितेको छ। स्वर्ण पदक बिहिन बनेको तुम्बेवाले १ रजत र २ कास्य पदकमा सिमिति बन्यो। 

प्रतियोगिताको बिजेतालाई कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दीरा थापाले पुरस्कार प्रदान गरिन्। समापन कार्यक्रम कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानको अध्यक्षतामा सम्पन्न भएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.