एमालेद्वारा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै

एमालेद्वारा नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै
सुन्नुहोस्

उदयपुर : नेकपा एमाले उदयपुरले मिसन–८४ लाई लक्षित गरी नेता कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गरेको छ। पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका विषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षित गराउन सुरु गरेको हो। 

पार्टी संगठन मजबुद बनाउउँदै आगामी निर्वाचनमा सर्वश्रेष्ठ हासिल गर्न जिल्लाका आठ वटै स्थानीय तहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले बताए। 

उनले भने, ‘पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अब्बल संगठन, विकासमा नेतृत्वदायी भूमिका बनाउने पार्टीको लक्ष्य अनुरूप प्रशिक्षण सुरु गरेका हौ।’

प्रशिक्षणमा विषयवस्तुको जानकारीसँगै मिसन ८४ लाई लक्षित गरी पार्टी भित्रका आन्तरिक द्वन्द्व व्यवस्थापन, विकास निर्माणका विषयमा छलफल, जनप्रतिनिधि र कार्यकर्ताबीचका सम्बन्धमा सुमधुरता कायम गर्नसमेत समन्वयात्मक भूमिका निर्वाह गरिएको अध्यक्ष घिमिरेले बताए। उनका अनुसार हालसम्म बेलका, चौदण्डिगढी, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिकामा प्रशिक्षण सकिएको र बाँकी पालिकामा जिल्ला अधिवेशन अगाडि नै सक्ने गरी तयारी गरिएको बताए। 

प्रशिक्षण कार्यक्रमअन्तर्गत सोमबार रौतामाई गाउँपालिका कमिटीले वडा नम्बर ६ रौतामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको पालिका कमिटीका अध्यक्ष केशव राईले बताए। कार्यक्रममा पार्टीका सम्बन्धित भूगोलका जिल्ला कमिटी, गाउँपालिका कमिटी, जनसंगठनका केन्द्र, प्रदेश र जिल्ला, पालिका कमिटीका नेताहरूको उपस्थिति रहेको उनले बताए। 

एक दिने प्रशिक्षणको सहजिकरण पोलिटब्युरो सदस्य तथा जिल्ला इन्र्चाज पर्शुमेघी गुरुङ, केन्द्रिय सदस्य तथा सबै पालिका इन्र्चाज अम्बिका थापा, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, उपसचिव भरतबहादुर थापाले गरेका छन्। 

पालिका कमिटीका सचिव ललित मगरका अनुसार पार्टीको दशौं महाधिवेशनबाट पारित प्रस्तावका विषयमा पोलिटब्युरो सदस्य गुरुङ, महिलाका मुद्दा, अवसर, चुनौती र आगामी कार्यभारका सवालमा केन्द्रीय सदस्य थापा, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धका विषयमा अध्यक्ष घिमिरे र पार्टी र जनवर्गीय संगठनबीचको सम्बन्धका विषयमा उपसचिव थापाले प्रशिक्षण दिएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.