बारामा बस दुर्घटना हुँदा ३० यात्रु घाइते, दुईको अवस्था गम्भीर

बारामा बस दुर्घटना हुँदा ३० यात्रु घाइते, दुईको अवस्था गम्भीर
सुन्नुहोस्

सिमरा : पथलैया–हेटौंडा सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित ३ नम्बर पुलको बजार नजिक मंगलबार यात्रुबस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका २२ यात्रुको अहिले उपचार भइरहेको र जसमध्ये दुई जनालाई आइसियुमा राखिएको छ। उनका हेटौंडामा १८ जना र अमलेखगञ्जमा चार यात्रु उपचाररत छन्। अन्य सामान्य घाइते भएका यात्रु घर फर्किएका छन्।

हेटौंडाबाट जनकपुरतर्फ जाँदै गरेको ना६ख ९०३० नम्बरको यात्रुबस तीन नम्बर पुलको बजार छेउको खोलामा खसेको हो। घटनालगत्तै बजार क्षेत्रका स्थानीय र अन्य सवारीसाधनका यात्रुले घाइतेको उद्धार गरेका थिए। 

घटनालगत्तै पुगेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको गाडीले समेत पाँच यात्रुलाई उद्धार गरी अस्पताल लगेको थियो। हेटौंडाबाट फर्कने क्रममा दुर्घटना भएको देखेपछि पाँच जनालाई उद्धार गरेर तत्कालै हेटौंडास्थित अस्पताल लगिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। घाइतेको उपचार सुरु भएपछि महानगरको गाडी वीरगन्ज फर्किएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.