शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमी लुम्बिनीमा फागुन २८ र २९ गते गर्न हुन लागेको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) स्थगित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सम्मेलन स्थागन गर्ने निर्णय गरेको हो ।

अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रिपरिषद बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए । सत्ता समीकरण फेरिएपछि सम्मेलन स्थगित भएको जनाइएको छ।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयमार्फत ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौँ बजेट शिखर सम्मेलनमा खर्च गर्न लागेको भन्दै प्रदेशसभा बैठकमा एमालेका सांसद रामजीप्रसाद घिमिरेले विरोध जनाएका थिए।

प्रदेश सरकारको कार्यसम्पादन राम्रो नभएको भन्दै केन्द्रले दिने बजेटको सीमामा समेत गिरावट आएको बेला करोडौँ बजेट सम्मेलनको नाममा खर्च गर्नु उचित नभएको सांसद् घिमिरेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.