आर्मीले उचाल्यो हक्कीको उपाधि

आर्मीले उचाल्यो हक्कीको उपाधि

ढल्केवर(धनुषा) : प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले उचालेको छ। 

आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको च्याम्पियन बनेको हो।

आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २–२ गोलको योगदान गरे। आयोजक मदन भण्डारी एकेडेमीका लागि मधु राईले खेलको ४८ र ४९ औं मिनेटमा लगातार दुई गोल गरे पनि अन्य खेलाडीले टिमलाई सफलता दिलाउन भने सकेनन्।

प्रतियोगिताको उपाधि चुमेका आर्मी टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित पुरस्कृत भए। उपविजेतामा सीमित आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीले १ लाख रुपैयाँ र शिल्ड पाउँदा प्रतियोगिताको तृतीय स्थान सुरक्षित गरेका सुदूरपश्चिमले ५० हजार रुपैयाँ पुरस्कार पाए। तृतीय स्थानका लागि शनिबार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५–० गोलले हराएको थियो।

प्रतियोगिताका विजेतालाई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गरे। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी सरस्वती तामाङ घोषित भए। आर्मीकै कुश्मा राना मगर प्रतियोगिताको उत्कृष्ट गोलकिपर विद्यामा पुरस्कृत भइन्। उत्कृष्ट रक्षकमा आयोजक टोलीकी सपना सिंह पुरस्कृत भइन् भने लुम्बिनीकी अनन्या वर्णवाल इमर्जिङ खेलाडीको उपाधिबाट पुरस्कृत भए।

यस्तै आर्मीकी सितामाया बल, आयोजककी मधु राई र सुदूरपश्चिमकी बुलबुल कुमारीले सर्वाधिक गोल कर्ताको पुरस्कार पाए। उनीहरूलाई जनही १० हजार रुपैयाँ नगद र मेडलसहित पुरस्कृत गरिएको जनाइएको छ। 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा फागुन १४ गतेदेखि धनुषाको महेन्द्रनगरस्थित क्षीरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको उक्त प्रतियोगितामा आठ टिम सहभागी थिए। कर्णाली बाहेक ६ प्रदेश, एक विभागीय टोली नेपाल आर्मी र एउटा आयोजक गरी ८ वटा टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.