टिआरसी टुंग्याउन सकस, प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

टिआरसी टुंग्याउन सकस, प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट भएको छ। आइतबार बिहान प्रचण्डसँग छलफल गरेका एमाले अध्यक्ष ओली साँझ पनि बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच टिआरसी विधेयकका बारेमा छलफल भएको स्रोतले बताएको छ। छलफलमा एमाले नेता विष्णु पौडेल र माओवादी केन्द्रका नेता वर्षमान पुन समेत सहभागी छन्। आइतबार बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक विना निष्कर्ष सकिएको थियो। 

एमालेले टिआरसी विधेयकमा थप दुई प्रावधान राख्नुपर्ने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो। रास्वपाका सभापति रवि लामिछाने समेत बालुवाटार पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.