देउवाले गरे आफ्ना मन्त्रीसँग छलफल, परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

देउवाले गरे आफ्ना मन्त्रीसँग छलफल, परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

काठमाडौं : सत्ता गठबन्धनमा किचलो आइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गरेका छन्। आइतबार बुढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले गठबन्धनमा सिर्जना भएको समस्या र टिआरसी विधेयकका बारेमा छलफल गरेका हुन्। 

सभापति देउवाले मन्त्रिमण्डल पुनर्गठन हुनेबारे आफ्ना मन्त्रीहरूलाई जानकारीसमेत गराएको कांग्रेसका एक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू फेर्ने विषयमा दबाब दिएपछि सभापति देउवाले सहयोग गरिदिन आफ्ना मन्त्रीहरूलाई आग्रह गरेको ती नेताको भनाइ छ।

यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ। सभापति देउवाको निर्देशनमा मन्त्री साउदले भ्रमण स्थगित गरेका हुन्। उनी आजै राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो।

टिआरसी विधेयकमा सहमति जुट्न नसकिरहेको बेला कार्यशैली फितलो भएको भन्दै माओवादी र कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्री दाहालमाथि ठूलो दबाब छ। 

प्रधानमन्त्री दाहालसँगको सल्लाहबमोजिम नै सभापति देउवाले आफ्ना मन्त्रीहरू हेरफेर गर्ने संकेत गरेका हुन्। सभापति देउवाले जुनसुकै बेला मन्त्रिमण्डल पुनर्गठन हुने भएकाले त्यसका लागि तयार रहन मन्त्रीहरूलाई आग्रहसमेत गरेको स्रोतको भनाइ छ। कांग्रेसबाट सहभागी कतिपय मन्त्रीहरूको कार्यशैलीबाट देउवा स्वयं असन्तुष्ट छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.