स्यानटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा

स्यानटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं :  धनुषाको सहिद नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुरमा यादव,उपप्रमुख शिलादेवी कापर,प्रमुख प्रकाशसकीय अधिकृत शत्रुध्न यादव,लेखापाल लेकबहादुर नेपालीलगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरिदमा अनियमितता गरेको आरोपमा तत्कालीन नगर प्रमुख यादवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको स्यानिटरी प्याड खरिद गरेको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा नगरपालिकाले शशर्त अनुदानतर्फको स्यानिटरी प्याद खरिदका लागि २०७७ साल ११ महिना १९ गते रेजा ट्रेडिङ प्रालिसँग खरिद सम्झौता भएकोमा उक्त खरिद सम्झौता गर्नुअघि नै २०७७ साल ११ महिना १३ गते भुक्तानी गरेको ,शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता हुन अगावै र कहीकतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारको ठहर छ।

उनीहरूले कानुनको प्रावधान विपरीत झुट्टा विवरण एवं राष्ट्रिय सूचना तयार गरी गलत कागजातहरूको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता एवं १३ लाख ९३ हजार ६८७ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार गरेको खुल्न आएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रत्येक व्यक्तिमाथि १३ लाख ९३ हजार ६८७ बिगो र सजाय माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.