बैंकहरू जोखिममा छैनन्, सुरक्षित छन् : गभर्नर अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकहरू सुरक्षित रहेको बताएका छन्। संसदीय समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बाहिर हल्ला आएजस्तो बैंकहरू जोखिममा नरहेको बताएका हुन्। उनले बैंकहरूको सवलतालाई हेरेर नै विदेशी बैंक तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले ऋण दिइरहेको दावी गरे।
उनले भने,'बैंकहरूको सवलतालाई हेरर नै विदेशी बैंक तथा वित्तीय डेमलपमेन्ट फाइनान्सहरूले राम्रोखालको ऋण दिइरहेका छन्। हाम्रा संस्थाहरूमा समस्या हुन्थ्यो भने त उनीहरूले ऋण दिँदैनथे। यसैले हाम्रा संस्थाहरू सबल छन्।'
गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको अराजक गतिविधिलाई रोक्न सकिएन भने कर्जाको माग र कर्जा प्रवाहमा समस्या हुने उल्लेख गरे। उनले यो विषयमा नेपाल सरकारका सचिव र मन्त्रीहरूसँग निरन्तर फलफल भइरहेको जिकिर गरे।
उनले भने,'अराजकतालाई रोक्न सकेनौं भने हामीले सोचेअनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छैन। यसले बैंकिङ क्षेत्रम मनोबल गिराउने काम भइरहेको छ। बैंकका स्टाफहरूलाई कालोमोसो दल्ने । स्टाफहरूलाई अफिसबाट बाहिर निस्कने वित्तिकै नराम्रो व्यवहार गर्ने। बैंकिङ क्षेत्रलाई धारासायी बनाउन सकियो भने अरु खालका उद्देश्य परिपुर्ति गर्नलाई यस्तो खालको समूहले काम गरिरहेको हुन्छ। यसलाई समयमै रोक्नुपर्छ।