सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति, बक्यौता रकम चैत २१ भित्र भुक्तानी गरिने

सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति, बक्यौता रकम चैत २१ भित्र भुक्तानी गरिने
आन्दोलनरत किसान। फाइल तस्बिर

काठमाडौं : सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे सहमति भएको छ। दुग्ध किसानहरूको पुस मसान्तसम्मको भुक्तानी बक्यौता चैत २१ गतेभित्र गरिसक्नुपर्ने सहमति भएको हो।

शनिबार कृषि मन्त्री बेदुराम भुसालको उपस्थितिमा वार्ता टोलीले प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिड नहुनेगरी निरन्तर खरिद गर्ने सहमतिसमेत भएको हो।

त्यस्तै दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने र दूध तथा दुग्ध पदार्थहरूको निर्यात प्रवर्द्धनसम्बन्धी विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने सहमति भएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै सरकारले पशुपालक किसानलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघको मागलाई सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो।

दुई पक्षबीच सहमति भएसँगै निर्धारित आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। दुग्ध किसानहरूले बक्यौता रकमको माग गर्दै गत फागुन ८ गतेदेखि आन्दोलन गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.