क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई बढी बुझ्छ : प्रधानमन्त्री

क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई बढी बुझ्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रोपटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताएका छन्।

शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को बैठक गरी संघीयता कार्यान्वयनमा गति दिइएको समेत बताए। उनले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएरमात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताए।

संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले संविधान निर्माणको आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे। प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो सोँच र परम्परा तोड्ने संकल्प गरिएको र अब तीन करोडभन्दा साना योजनाहरू सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने बताए। उनले संघीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिए। क्रान्ति र शान्ति दुवैको नेतृत्व आफूहरूले गरेको भन्दै प्रधानमन्त्री दाहालले क्रान्तिकारी नेतृत्वले नै शान्तिको महत्वलाई गहिरोगरी बुझ्ने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.