सरकारी जग्गा हडप्‍नेलाई सरकारले छोड्दैन : गृहमन्त्री

सरकारी जग्गा हडप्‍नेलाई सरकारले छोड्दैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताएका छन्। 

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले व्यक्ति वा संस्थाले कब्जा गरेको सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने र सरकारी जग्गा हडप्नेलाई सरकारले कुनै हालतमा नछाड्ने बताए।

सरकारी जग्गा हडप्नेलाई कारबाही गर्न खोज्दा चारैतिरबाट विरोध हुने गरेपनि सरकार पछि नहट्ने उनको भनाइ छ। ललिता निवास, छाला तथा जुत्ता कारखानाको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भइसकेको उनले बताए। राजनीतिक पहुँच भएकै भरमा जेपनि गर्न हुने कुरालाई खण्डित गर्नुपर्नेमा उनको जोड थियो। गृहमन्त्री श्रेष्ठले हरेक वर्ष चार लाख युवाहरू नफर्किने गरि विदेशिने गरेको भन्दै यसलाई रोक्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.