जनताको आकांक्षाअनुसार अझै विकास भएन : वर्षमान पुन
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा विकास भएको बताए। तर, जनताको आकांक्षा अनुसार भने अझै पनि विकास हुन नसकेको उनले बताए।
उनले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्ररूपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरूले साथ दिनुपर्ने बताए। उनले सबै प्रकारको खराब तत्वहरूविरुद्ध सबै मिलेर लड्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)