क्रिकेट क्रेज (तस्बिरहरू)
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ। नेदरल्याण्डसविरुद्ध नेपालले जवाफि ब्याटिङ गरिरहेको छ। जारी खेलमा १९.३ ओभरमा नेदरल्यान्ड्सले सबै विकेट गुमाएर १२० रन बनाएको हो।
नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट, कुशल मल्ल र करण केसीले २/२ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। खेललाई रोमाञ्चित बनाउँदा कीर्तिपुर मैदानमा दर्शकभरिभराउ छन्।
नेपाली खेलाडीलाई उनीहरु हुटिङ गरेर हौसला बढाइरहेका छन्। क्रिकेटका फ्यानहरु प्याराफिट, मैदानमात्र नभई रुखमा चढेरपनि मज्जा लिइरहेका छन्। नेदरल्याण्डससँग खेलिरहेको नेपालको समर्थन गर्न बिहानैदेखि दर्शकहरू त्रिवि मैदान पुगेका थिए।
दर्शक उल्लेख्य भएरपनि सरकारले क्रिकेट मैदानलाई थप आधुनिक र व्यवस्थित बनाउन भने सकेको छैन। कीर्तिपुर मैदानमा हालसम्म पनि आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान समेत हुन सकेको छैन।
तस्बिर : क्यान