आयोजक मदन भण्डारी र आर्मी महिला राष्ट्रिय हक्कीको फाइनलमा

आयोजक मदन भण्डारी र आर्मी महिला राष्ट्रिय हक्कीको फाइनलमा

ढल्केवर(धनुषा) : प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र आयोजक मदन भण्डारी मदन भण्डारी स्पोर्टस् एकेडेमी भिड्ने भएका छन्।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा लुम्बिनीलाई ६-० ले हराउँदै नेपाल आर्मीको टोलीले फाइनलको यात्रा तय गरेको छ। आर्मीका लागि सिता माया बलले सर्वाधिक ३ तथा सीमा खड्का, मनिषा राना र कमला चन्दले समान १-१ गोल गरिन्। आर्मीका लागि सर्वाधिक तीन गोल गरेकी सिता माया बल प्लेयर अफ दि म्याच घोषित भए।

आयोजक मदन भण्डारी मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुदुरपश्चिमबीच भएको दोस्रो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई ३-४ गोलले पराजित गर्दै आयोजक टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। आयोजक मदन भण्डारी मदन भण्डारी स्पोर्टस् एकेडेमीका लागि शोभा शर्माले सर्वाधिक २ तथा मधु राई र सुनिता नेगीले समान १-१ गोल गरे। सुदुरपश्चिमकी गंगा भट्टले २ र नमिता एसकेले १ गोल गर्दा पनि टिमलाई जित दिलाउन सकिनन्।

नेपाल आर्मी र मदन भण्डारी स्पोटस् एकेडेमीबीचको फाइनल खेल आइतबार हुने जनाइएको छ। प्रतियोगिताको तृतीय स्थानका लागि शनिबार लुम्बिनी र सुदुरपश्चिम भिड्ने आयोजक मदन भण्डारी स्पोटस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्वितीय टिमलाई १ लाख र तृतिय हुने टिमलाई ५० हजार पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले बताए। आइतबार हुने प्रतियोगिताको समापन समारोहमा पूर्वप्रधानमन्त्री तथा मदन भण्डारी स्पोटस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीको सहभागिता रहने आयोजक मदन भण्डारी स्पोटस् एकेडेमीका उपाध्यक्ष तेजविक्रम बस्नेतले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.