भरतपुर महानगरले दियो जारकोटका भूकम्प पीडितलाई एक करोड रुपैयाँ

भरतपुर महानगरले दियो जारकोटका भूकम्प पीडितलाई एक करोड रुपैयाँ

भरतपुर : भरतपुर महानगरपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ। गत कार्त्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी  महानगरका तर्फबाट एक करोड रकम  हस्तान्तरण भएको हो।

आइतबार भतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहमा महानगरको मेयर रेणु दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई  एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्ति १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.