आगलागीमा घर जल्यो, २ लाखको क्षति

आगलागीमा घर जल्यो, २ लाखको क्षति
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–१५ भट्टी चोकको एउटा घरमा बिहीबार राति आगलागी भएको छ । 

आगोले पप्पु पाठकको घर जलेको छ । पाठकको घर जल्दा २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कर्कटपातको छानो भएको १ तले घरमा राति ११:३० बजेतिर आगलागी भएको हो । 

आगोले जलेर घरसहित घरभित्र रहेका लत्ताकपडा, कागजपत्र, काठपात, टेलिभिजन, डाइनिङ टेबल, खाटलगायतका सरसामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोली तथा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय र चौपाया क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.