वायुसेवा सञ्चालक संघमा फेरियो नेतृत्व

वायुसेवा सञ्चालक संघमा फेरियो नेतृत्व
सुन्नुहोस्

काठमाडौं  : आन्तरिक वायुसेवा सञ्चालक संघ, नेपालको २३औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरको छ। यससँगै क्याप्टेन रामे˘वर थापाको कार्यकाल सकिएको छ। मनोज कार्कीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।

कार्यसमितिमा प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, द्वितीय उपाध्यक्षमा निमानुरु शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर, महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी, कोषाध्यक्षमा रूपेश जोशी, सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरू, बालकृष्ण पण्डित, प्रज्ज्वल थापा, सेचन सुवेदी, उमेश आचार्य, फुर्वाछिरिङ शेर्पा र विजयसिंह श्रेष्ठ चयन भएका छन्।

संघको वार्षिक साधारणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संघको नयाँ कार्यसमितिलाई बधाई दिँदै उडान सुरक्षामा ध्यान दिन निर्देशन दिए। उनले निजी क्षेत्रलाई व्यवसायीमुखी मात्र नभई बजारमुखी हुन आग्रह गरे। नाफालाई मात्र ध्यान नदिई मुलुकका दुर्गम भेगमा उडान चलाउन आवश्यक रहेको मन्त्री किरातीले औंल्याए।

‘हवाई क्षेत्र पर्यटनको रक्त सञ्चार हो,’ मन्त्री किरातीले भने, ‘सरकार, नियामक निकाय र निजी उड्डयन कम्पनीहरू मिलेर अघि बढ्नु पर्छ।’ उड्डयन क्षेत्रमा भएका समस्या लिएर मन्त्रालय आउन आग्रह गर्दै मन्त्री किरातीले समस्या समाधानमा मन्त्रालय सधैं तयार रहने प्रतिबद्धता गरे। 

कार्यक्रममा पर्यटन सचिव डा. दीपक काफ्लेले सरकारले नेपालको उड्डयन क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अवधारणामा लैजान अध्ययन गरिरहेको जानकारी दिए। समयसापेक्ष रूपमा ऐन, नियम परिवर्तन गर्दै र हातेमालो गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली उड्डयनको क्षेत्रको धमिलिएको छवि सुधार्नु पर्ने जिकिर उनले गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले निजी वायुसेवा कम्पनी र नियामक निकायबीचको मतभेदलाई अन्त्य गर्नुपर्ने बताए। नियामक निकायको रूपमा प्राधिकरणको विकल्प नभएको भन्दै अधिकारीले व्यवस्थापकीय सुधारमा चालिएको कदम हवाई सुरक्षा बढाउनमा नै केन्द्रित रहेको स्पष्ट पारे। ‘उडान सेवाका क्रममा आइपरेका समस्या समाधानका लागि प्राधिकरण सधैं तयार छ,’ उनले भने।

संघका निवर्तमान अध्यक्ष क्याप्टेन रामे˘वर थापाले सबै निजी वायुसेवा कम्पनीहरूले बजारमा प्रतिस्पर्धासँगै उड्डयन क्षेत्रमा विकास एक भएर अघि बढ्नुपर्ने बताए। ‘विगतमा झैं आगामी दिनमा पनि यात्रु सेवा तथा सुरक्षालाई ध्यानमा राखेर अघि बढ्नेछौं,’ उनले भने। संघका नवनिर्वाचित अध्यक्ष मनोज कार्कीले सरकार र नियामक निकायका नियम र कानुनलाई पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संघले सुरक्षित हवाई सेवाका लागि काम गर्ने अध्यक्ष कार्कीको भनाइ थियो।

वार्षिक साधारणसभाको अवसरमा पर्यटन तथा उड्डयन क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी, पूर्वमहानिर्देशकहरू राजकुमार क्षेत्री, राजन पोखरेल, सञ्जीव गौतम, रतिशचन्द्रलाल सुमन, त्रिरत्न मानन्धर, रामप्रसाद न्यौपाने, केशवराज खनाल, यज्ञप्रसाद गौतम, राजेशराज दली र स्व. उपेन्द्रप्रसाद धिताल छन्। यस्तै, उड्डयनसँग र पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई पनि संघले सम्मान गरेको छ।

कार्यक्रममा संघको अगुवाइमा प्राधिकरणका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतमको टिमले तयार पारेको यस क्षेत्रका समस्या, चुनौती र सुझावसहितको प्रतिवेदन पर्यटनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.