मटिहानीमा शल्यक्रियासहितको निःशुल्क आँखा जाँच शिविर
![मटिहानीमा शल्यक्रियासहितको निःशुल्क आँखा जाँच शिविर](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_LC0LZSGqy1_UkVlDODghX.jpg)
ढल्केवर : महोत्तरीको मटिहानीमा एकदिने निःशुल्क शल्यक्रिया सहितको आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविरबाट २७० जना लाभान्वित भएको मटिहानी नगरपालिकाको कार्यालयले जनाएको छ।
आँखा जाँच गराएका मध्ये ८२ जना मोतिबिन्दुका बिरामी भेटिएको सगरमाथा चौधरी आँखा अस्पताल लहानका क्याम्प सुपरभाइजर राज कुमार यादवले बताए। मोतिबिन्दुका बिरामीहरूलाई आँखा तथा कान उपचार केन्द्र जलेश्वरमा निःशुल्क अप्रेसन गरिने उनले जनाए।
मटिहानी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी महोत्तरीको आयोजना, सिबिएमको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो।
शिविरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले शिविरले पालिकाभित्रका आँखा सम्बन्धी समस्या भएका बिरामीलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)