अदालतले १२ करोड बढी जरिवाना तिराउन भनिएका दुई अभियुक्त पक्राउ
![अदालतले १२ करोड बढी जरिवाना तिराउन भनिएका दुई अभियुक्त पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrestttttt_7d31ftNE2j_eRA2aqlRad.jpg)
काठमाडौं : राजस्व छली मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर्याएका दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरोले धादिङकी २९ वर्षीया कुमारी गुरुङ र पर्साका ४१ वर्षीय प्रदीपकुमार गुप्तालाई पक्राउ गरेको हो।
उनीहरूलाई चितवनको भरतपुरबाट बिहीबार पक्राउ गरेको व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। उनीहरूले न्यु समीक्षा सप्लार्यस नामको फर्म दर्ता गरी नक्कली कर बिजक बनाइ राजस्व छली गरेका थिए।
सोही विषयमा परेको मुद्दामा उच्च अदालत पाटनले गत विसं २०७९ भदौ २५ गते कुमारी र प्रदीपलाई दोषी ठहर्याएको थियो। अदालतले उनीहरूलाई एक-एक वर्षको कैद र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैयाँ जरिवाना असुल्न आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)