नेकपा एसले महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने

नेकपा एसले महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने
फाइल तस्बिर।

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयीक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग-अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रुप दिनका लागि विभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चूनौति,रुपरेखा लगायतका विषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.