भारतको मध्य प्रदेशमा सडक दुर्घटना, १५ जनाको मृत्यु
![भारतको मध्य प्रदेशमा सडक दुर्घटना, १५ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_Yc60DuMK4i.jpg)
नयाँ दिल्ली : भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।
मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो ।
पीडितहरू सोही गाउँका हुन् र नजिकै आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।
राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)