महोत्तरीमा लागुऔषधसहित तीन जना पक्राउ

महोत्तरीमा लागुऔषधसहित तीन जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : महोत्तरी प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। बुधबार महोत्तरीको पिपरामा प्रहरीले चेकजाँचको उनीहरूलाई नियन्त्रणमा लिएको छ।

मधेस प्रहरी कार्यालय जनकपुरले दिएको जानकारी अनुसार प्रहीले ज१ह ३९४५ नं.को टेम्पोलाई चेकजाँच गर्ने क्रममा फेनारगन ४६९ एम्पुल, टेयालगेसिस ४९९ एम्पुल, डाईजेपाम ४९२ एम्पुल वरामद भएको हो। प्रहरीले टेम्पो चालक पिपरा गाँउपालिका २ का ३६ वर्षीय मोहम्मद सिकिन्द्र हुसेन, सोही टेम्पोमा सवार रहेका मटिहानी नगरपालिका ९ का गुडडु साफी र भारत विहार सोनवर्षाका २० वर्षीय सुवोध राउतलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेको टेम्पो, टेम्पो चालक र सवारी उपर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको मधेस प्रहरीका सूचना अधिकारी एसपी श्यामकुमार महतोले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.