बेनीमा हुक्का निषेध

बेनीमा हुक्का निषेध
सुन्नुहोस्

बेनी : बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवन एवं बिक्री वितरणमा निषेध गरेको छ। स्थानीय वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ। 

नगर प्रमुख सुरत केसीले सरोकारवालासँग छलफल र कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्यका लागि हानिकारक र लागुऔषधको लत बसाउने हुक्कालाई प्रतिबन्ध लगाइएको जानकारी दिए।  

‘हुक्का खैनी, चुरोट भन्दा पनि बढी हानिकारक सुर्तिजन्य पदार्थ हुक्का किशोर किशोरीहरूलाई लागुऔषधको लतमा फलाउने कारण बनेको छ,’ उनले भने ‘सामाजिक र सुरक्षा चुनौती बढाएकाले नगर क्षेत्रमा हुक्का प्रतिबन्ध लगाइएको हो।’

जिल्ला सदरमुकाम बेनी बजारका साथै रत्नेचौर, तातोपानी र गलेश्वर बजारका होटल रेष्टुरेष्टमा हुक्का नराख्ने र बजारमा पनि बिक्री वितरण नगर्ने विषयमा व्यवसायी, टोल विकास संस्था र जनप्रतिनिधिहरुबीच छलफल भएको थियो। हुक्का सेवन गर्ने युवा युवती बढ्दो क्रममा छन्। चुरोटभन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न फेलेबर (स्वाद)मा पाइनुले युवा पुस्ता यसप्रति आकर्षित भएका हुन्। कफी पसल, रेष्टुरेन्ट र बार हुक्का सेवन स्थल हुन्। 

हुक्का तान्ने सेन्टरहरु तन्नेरी पुस्तामा अपराध फैलाउने माध्यमको थलो बनेको सुरक्षा निकायको विष्लेषण छ। हुक्काले सामाजिक मर्यादा भत्काएको छ। सार्वजनिक स्थलमा अभिभावक र मान्यजनकै अगाडी तन्नेरीले हुक्का तानेको भेटिन्छ। 

स्वास्थ्यसम्बन्धी अध्ययन प्रतिवेदनहरूका अनुसार एकपटक हुक्का सेवन गर्दा १० देखि १५ खिल्ली चुरोट सेवन गर्नु बराबर हो। एक घण्टा हुक्का सेवन गर्दा १०० देखि २०० वटा च चुरोट सेवन गर्नुजस्तै हो। हुक्कामा निकोटिन, भारी धातु, कार्वन मोनोक्साइड, कार्सिनोजेनको मात्रा बढी हुन्छ। जसले स्वास्थ्यमा गम्भीर असर गर्दछ। 

अत्याधिक हुक्का सेवनले संक्रमणको सम्भावना बढ्नुका साथै फोक्सो सम्बन्धी रोग, मुख, अन्ननली, मुत्रथैली, स्तन, पाठेघरको क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम बढने चिकित्सकहरूले बताएका छन्। धुम्रपान गर्ने व्यक्तिमा अकाल मृत्यु हुने सम्भावना धु्रमपान नगर्ने व्यक्तिको भन्दा २ देखि ३ गुण बढी हुन्छ। निष्क्रिय धुम्रपान गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग र फोक्सोको क्यान्सर हुने उच्च जोखिम हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.