माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन प्रदर्शन

माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : माइतीघरलाई निषेधित क्षेत्रबाट हटाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। लोसपा छोडेर 'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' घोषणा गरेका नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ।

प्रदर्शनकारीहरूले माइतीघरको निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। त्यसक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेल भएको हो।

त्यसपछि उनीहरूले भद्रकालीमा सरकारविरुद्ध नाराबाजी र प्रदर्शन  गरेका थिए। भृकुटीमण्डबाट निस्किएको र्‍याली माइतीघर मण्डला पुगेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र खारेज गर,हाम्रो मुख बन्द गर्न पाइँदैन' जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा केही आन्दोलनकारी घाइते भएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.