चित्रकलाले दिने सन्देश शक्तिशाली : प्रधानमन्त्री

चित्रकलाले दिने सन्देश शक्तिशाली : प्रधानमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको बताएका छन्। बुधबार काठमाडौंमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी समापन गर्दै प्रधानमन्त्री प्रचण्डले चित्रकलाका माध्यमबाट देशको प्रतिष्ठा बढाउने काम भएको र यसका लागि कलाकारहरूले ठूलो योगदान गरेको बताएका हुन्।

नेपाल प्राकृतिक रुपले अन्त्यन्त सुन्दर र मौलिक भएकाले चित्रकलामय जस्तै रहेको उनको भनाइ छ। त्यसमा पारखीहरूले ठोस आकार दिएर चित्रकलामा रुपान्तरण गरेपछि त्यसले दिन सन्देश निकै शक्तिशाली हुने प्रधानमन्त्रीले बताए।

नगरको शान दिक्तेलको स्वाभीमान,मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरू राखिएका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.