परराष्ट्र सचिवले भेटिन् भारतीय विदेशमन्त्री
काठमाडौं : परराष्ट्रसचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयंशकरलाई भेटेकी छन्। भारतको नयाँ दिल्लीमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्र सचिवसँगको भेट फलदायी भएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा प्रगति भइरहेको बारे थाहा पाउँदा खुसी लागेको छ।'
परराष्ट्र सचिव लम्साल एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत गएकी हुन्।
प्रतिक्रिया दिनुहोस !
