क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा मधेसका ९ खेलाडी

क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा मधेसका ९ खेलाडी
सुन्नुहोस्

सिमरा : नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ का लागि सार्वजनिक गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को सूचीमा मधेस प्रदेशका ९ खेलाडी परेका छन्। मासिक सेवा सुविधा दिनेगरी क्यानले पाँच तहको ग्रेड विभाजन गर्दै पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई वर्गीकरण गरेको हो। 

क्यानले गरेको वर्गीकरणमा मधेस प्रदेशबाट सात पुरुष र दुई महिला खेलाडी परेका छन्। क्यानको वर्गीकरणमा पर्नेमा दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका बाराका अनिल साह र पवन सर्राफसमेत छन्।

वर्गीकरण अनुसार पर्साबाट तीन, बाराबाट दुई, सर्लाही, महोत्तरी, सिरहा, सप्तरीबाट एक-एक जना खेलाडी छन्। क्यानको ग्रेड ‘ए’ को सूचीमा पर्साका आशिफ शेख छन्। उनले मासिक एक लाख तलब सुविधा पाउने भएका छन्। 

त्यसैगरी ग्रेड ‘बी’मा पर्साका आरिफ शेख र सर्लाहीका गुलशन झा रहेका छन्। उनीहरुले ७० हजार तलब पाउनेछन् । ग्रेड ‘डी’ मा बाराका अनिल साह, पवन सर्राफ र सप्तरीका विवेक यादव छन् । उनिहरुले मासिक ३५ हजार पाउने भएका छन्। 

क्यानले ईमर्जिङ क्याटोगोरीमा मधेस प्रदेशबाट सिरहाका रुपेश सिंहलाई राखेको छ। सिंहले २५ हजार मासिक तलब लिनेछन्। यता महिलातर्फ महोत्तरीकी पूजा महतो र पर्साकी साना प्रविण क्यानको सूचिमा परेका छन्। ग्रेड ‘सी’ मा रहेकी महतोले ३० हजार पाउनेछिन् भने प्रविणले २० हजार मासिक प्राप्त गर्नेछिन्। 

यसअघि ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ तीन तहमा वर्गिकरण गर्दै आएको क्यानले यस पटक ग्रेड ‘डी’ र ईमर्जिङ क्याटोगोरी थप गरेको हो। क्यानको फाल्गुन १२ र १४ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.