ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा दुई ब्यांकर पक्राउ
![ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा दुई ब्यांकर पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_QZgHCL6VQb_pNlCQznJvN.jpg)
काठमाडौं : गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा दुई ब्यांकरलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको हो। ब्यूरोले सेन्चुरी कमर्सियल बैंकका पूर्व सीईओ तुलसी गौतमलाई समेत पक्राउ गरेको छ।
उनीहरूले सेन्चुरी कमर्सियल बैंकमा रहँदा गलत ढंगले ऋण प्रवाह गरेको आरोपमा सीआईबीले पक्राउ गरेको हो। सेन्चुरी कमर्सियल बैंक हाल प्रभु बैंकमा गाभिएको छ।
न्यौपानेले सेन्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता गरेको उजुरी परेपछि पक्राउ गरेको सीआईबीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)