बुटवलमा १० तले सरकारी अस्पताल

बुटवलमा १० तले सरकारी अस्पताल
सुन्नुहोस्

बुटवल : बुटवलमा १० तले सरकारी अस्पताल निर्माण थालिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका पुराना भवनहरू भत्काएर १२ सय शय्याको अस्पताल बनाउन सुरु गरिएको हो।

लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश सरकारको गौरवको आयोजनाभित्र पर्छ। सय वर्ष पुरानो यो अस्पतालको क्षमता विस्तार गरी सुविधासम्पन्न बनाउन लागिएको हो। सरकारी अस्पतालहरूमा यो देशकै पहिलो ठूलो र अग्लो अस्पताल हुनेछ। यो अस्पताल भवन निर्माणका लागि यसअघि भएको ठेक्कामा मिलेमतो भएको भन्दै रद्द गरिएको थियो। 

प्रदेश सरकारको पूर्वाधार विकास प्राधिकरणले दोस्रोपटक ठेक्का आह्वान गरी ६ अर्ब १८ करोडमा ठेक्का लगाएको छ।

अस्पतालका मेसु डा. सुदर्शन थापाले भवन निर्माणका लागि पुराना संरचना हटाउने काम सुरु भएको बताए। ‘निर्माण कम्पनीले काम सुरु गरेको छ उनले भने। पुराना भवन भत्काइए पनि उपचार सेवा भने प्रभावित हुने छैन। अस्पतालका तीन छुट्टै भवन तयार गरी उपचार सेवा तिनै भवनमा सारिएको छ। पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बार बन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रूखहरूका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको थापाको भनाइ छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार लागत अनुमान गरिएको थियो। निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ। अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्डसहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्नेछ। ६ बिघा १२ कट्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए। हालको ५ सय शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार २ सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पतालमा स्तरोन्नती गर्ने प्रस्ताव गरिएको उनले बताए।

विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि नै गुरुयोजना बनाएको थियो। प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो। प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शय्याको अस्पताल निर्माण गर्ने प्रस्ताव गरेको र सबै प्रक्रिया पूरा भएर निर्माण कार्य सुरु भएका कार्यकारी अधिकृत पोखरेलले बताए। एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै खाले सुविधासहितको विशेष अस्पताल भवन निर्माण हुनेछ।

नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक ओपीडी, इमर्जेन्सी, इन्डोर सर्भिस कक्ष रहनेछन्। साथै विशिष्टिकृत ग्याष्ट्रो, न्युरो कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना बन्नेछ। हाल उपचारका लागि प्रयोगमा रहेका तीनवटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने मेसु थापाको भनाइ छ। भवनको माथि हेलिप्याड रहनेछ। हेलिप्याडबाट सिधैं इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.