एन्फाको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ।
विवादकाबीच सोमबार काठमाडौंमा बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
साधारणसभाले फुटबलको सन् २०२४ को वार्षिक क्यालेन्डरसमेत पारित गरेको उनले बताए । बैठकमा एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित रहेको उनले बताए। उनले केही सदस्यको विवाद रहेपनि सर्वसम्मतले वार्षिक कार्यक्रम पारित गरेको बताए।
एन्फाको केन्द्रीय कार्यसमितिमा निर्णय नभएका कुराहरू पनि साधारणसभाको एजेण्डा बनाइएको भन्दै केही सदस्यहरूले साधारणसभा बहिष्कार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)