अमेरिकी दूतावासले गर्‍यो हिप–हप मेला

अमेरिकी दूतावासले गर्‍यो हिप–हप मेला
सुन्नुहोस्

काठमाडौं  : अमेरिकी दूतावासले नेपाल हिप हप फाउन्डेसनसँगको सहकार्यमा शनिबार अन्नपूर्ण प्याभिलियन काठमाडौंमा हिप हप मेला ‘खुलौं बुलौं’ आयोजना गरेको छ।

कार्यक्रममा नेपाल र अमेरिकाका हिप हप कलाकार तथा संगीतकारहरूको प्रस्तुति रहेको थियो। अमेरिकी कलाकार सब्सट्यान्शियल, डीजे फ्लेग, सान्ना लिम, माजी मुटाफा लगायत नेपाली कलाकारहरू लाउरे, ब्याड कम्पनी, प्रोफेसर ट्रिक्स, भ्योमा, किरण नेपाली (कुटुम्ब), अमाजुमी लगायतले मञ्चमा आफ्नो प्रस्तुति पस्केका थिए।

कार्यक्रममा नृत्य, संगीत, स्पोकन वर्ड र भिजुअल आर्ट प्रदर्शनीसहित विभिन्न कलात्मक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए। उक्त कन्सर्टले मनोरञ्जनका साथै सामाजिक परिवर्तन र सक्रियताका लागि हिप–हपले एक उपकरणको रूपमा भूमिका निर्वाह गर्दै अन्तरदेशीय सांस्कृतिक समझ र संवादलाई बढावा दिन खोजेको दूतावासले जनाएको छ।

हिप–हपको जन्म भएको ५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी दूतावासले ‘द आर्ट्स इन्भ्वाय हिपहप प्रोग्राम २०२४’ का  लागि चार अमेरिकी कलाकारलाई काठमाडौं ल्याएको थियो। कार्यक्रममा अमेरिकी कलाकारहरूले नेपाली र्‍यापर, डान्सर र निर्माताहरूसँग सहकार्य गर्नेछन्।  र्‍याप, उत्पादन र नृत्यमा प्राविधिक सीपहरू प्रदान गर्न विभिन्न कार्यशाला र छलफलहरू पनि सञ्चालन गरिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.