नवजात शिशुलाई नगद
नुवाकोट : विदुर नगरपालिका-५ नम्बर वडा कार्यालयले नवजात शिशुको खातामा पाँच हजार रुपैयाँ जम्मा गर्न थालेको छ। कार्यालयले हालसम्म २६ जना नवजात शिशुको खातामा रकम जम्मा गरेको छ।
वडा कार्यालयले सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरुप बालबालिकाहरूलाई उनीहरूको खातामा ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
वडाले पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ जम्मा गर्नुपर्ने वडाध्यक्ष लिलानाथ न्यौपानेले बताए।