राजेन्द्र महतोले त्यागे लोसपा, नयाँ अभियानको गरे घोषणा

राजेन्द्र महतोले त्यागे लोसपा, नयाँ अभियानको गरे घोषणा
फाइल तस्बिर।

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।  नेता महतले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।  बहुराष्ट्रिय राज्य स्थापनाका लागि भन्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानको घोषणा समेत गरेका छन्। 

उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन् । बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उनले जानकारी दिए। पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानावादी आन्दोलन साशकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको उनको भनाइ  छ। 

उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रुपमा एकताबद्ध भइ बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए । अहिले अभियानको मात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उनको भनाइ छ । 

महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सवै नेपालीको लागि बन्न नसकेको तर्क गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.