टेरामक्स प्रकरणबारे स्वास्थ्यमन्त्री बस्नेत भन्छन् - अनियमिता भएको छैन, उजुरी पर्दैमा दोषी भइँदैन

टेरामक्स प्रकरणबारे स्वास्थ्यमन्त्री बस्नेत भन्छन् - अनियमिता भएको छैन, उजुरी पर्दैमा दोषी भइँदैन

काठमाडौं : जनसंख्या तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको दावी गरेका  छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए आफू पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए।

मन्त्री बस्नेतले आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे। टेरामस्क प्रकरणमा मुछिएपछि मन्त्री बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बयान दिइसकेका छन्। 

विवादमा मुछिएपछि मन्त्री बस्नेतको राजीनामा माग्दै प्रतिपक्ष दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्।  मन्त्री बस्नेततलगायत बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र जग्गा प्रकरणमा मुछिएका पर्यटनमन्त्री सुदन किरातीको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै आएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.